२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलले तिरे डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको किस्ता

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलले तिरे डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको किस्ता

1.6K
Shares

काठमाडौँ- लक्ष्मी स्टिल उद्योग र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लक्ष्मी स्टिलले २३ करोड ७९ लाख रूपैयाँ बक्यौतामध्ये शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रूपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। लक्ष्मीले २८ किस्तामा बक्यौता तिर्ने छ।

यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रूपैयाँ बुझाएको हो।

सर्वोत्तमको बक्यौता ११ करोड ९६ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij