२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामुदायिक लघुवित्तद्धारा ग्लोबल मनि सप्ताह अवसरमा साक्षरता कार्यक्रम कार्यक्रम सम्पन्न

सामुदायिक लघुवित्तद्धारा ग्लोबल मनि सप्ताह अवसरमा साक्षरता कार्यक्रम कार्यक्रम सम्पन्न

645
Shares

 

रामेछाप- ग्लोबल मनि सप्ताहको अवसरमा काभ्रेको सागामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय मन्थलीको आयोजनामा मिति २०८१ चैत्र ७ गते बिहिबारका दिन विद्यार्थीसंग वित्तिय साक्षरता कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ७ स्थित श्री रुद्राक्षेस्वर माध्यामिक विद्यालयमा सम्पन्न गरेको छ ।

वित्तिय साक्षरता कार्यक्रममा विद्यार्थीहरुलाई बचतको महत्व, भोलिको दिनमा हामिले दिने ऋणको उपयोग, आवश्यकता तथा सदुपयोगिता आदीको बारेमा साक्षरता प्रदान गरिएको थियो, त्यसैगरि वर्तमान दिनमा बैंकिङ सेवा, बैंकका काम कारवाही, बैंक खाता, डिजिटल बैंकिङ सेवा, डिजिटल फ्रड बाट बच्ने उपायहरु, सामुदायिक लघुवित्त वित्तिय संस्थाद्धारा प्रदान भैरहेका वित्तिय सेवाहरु, शेयर, आईपिओ आदीको बारेमा विद्यालयका शिक्षकहरु सहित कक्षा ८, ९, ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व विद्यालयका प्रअ हर्क बहादुर भुजेलले गरेका थिए, भने संस्थाको परिचय तथा संस्थाको वर्तमान वित्तिय सेवा बारेमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट आएका सञ्चालन विभागका विभागीय प्रमुख सुमन दनुवार र सामान्य सेवा विभाग प्रमुख मिलन महर्जनले गरेका थिऐ, कार्यक्रम सञ्चालन तथा वित्तिय साक्षरता प्रदान गर्ने काम संस्थाको क्षेत्रिय कार्यालय मन्थलीका क्षेत्रिय अधिकृत भरत खड्काले गरेका थिए । कार्यक्रममा शाखा कार्यालय मन्थलीका शाखा प्रमुख रमेश पौडेल, शाखाका कर्मचारीहरु प्रमोद यादव, चन्द्र बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij