२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचीकृत

640
Shares

 

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको १३.३० प्रतिशत बोनस बापतको ५० लाख ६२ हजार ४७७.१५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, विन्ध्यावािसनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को ७.६० प्रतिशत बोनस वापतको ७ लाख ९८ हजार कित्ता र लक्ष्मी सनराइज बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता गरी जम्मा १ करोड ७४ लाख ५४ हजार ५४.४०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीहरुको सूचीकृत भएको उक्त शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउँने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij