२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार

शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार

1.1K
Shares

काठमाडौं  –  साताको चौथो कारोबारका दिन बुधबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले घटेर २६८२.१५ बिन्दुका कायम भएको छ । आज ३११ कम्पनीको ९५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको कारोबार भएको छ ।

बुधबार नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

आज ५३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८३ वटा कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरमूल्यस्थिर रहेको छ।  आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij