२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

805
Shares

काठमाडौं  -साताको दोस्रो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनेबच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह स्थिर रहँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.४४ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ।

साेमबार मा ८५ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १४५ वटाको घटेको छ।  १३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ। आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij