सीतल आचार्य काठमाडौं -‘नृत्य नेपाली पारा’ एकल नृत्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि रिदिमा लामा र उपास्ना तामाङले जित्नुभएको छ । टाइमलाइन स्कुल, नयाँबस्तीको सभाहलमा आयोजित कार्यक्रमलाई नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी र केके मिडिया हाउसको संयुक्त आयोजनामा गरिएको थियो । मंसिरबाट सुरु भएको यस नृत्य प्रतियोगितामा काठमाडौं जिल्लाभरिकै करिब ६०० भन्दा विद्यार्थीले अडिसनमा भाग लिएका थिए । अडिसन राउण्ड, वर्कसप, मेगा, सेमी फिनाले हुँदै सिनियरमा १० जना र जुनियरमा पाँचजना फाइनलमा पुग्न सफल भएका थिए ।
नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी अध्यक्ष एवं कार्यक्रमका निर्देशक बाबु सेञ्चुरीले सञ्चालन गरेको प्रतियोगितामा कार्यक्रम प्रमुख एवं नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सहकोषाध्यक्ष केशव कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।
जुनियर तहमा कक्षा एल केजीदेखि एक र सिनियर तहमा कक्षा दुईदेखि पाँचसम्मका विद्यार्थीलाई दुई तहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा निर्णायकका रूपमा प्रकाश शर्मा, अभिषेक वाग्ले र अतिथि निर्णायकका रूपमा अभि लामा रहेका थिए ।
नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय नृत्य निर्देशक डा. आरसी कोइराला (रामचन्द्र), नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष शम्भु शाही रहेका थिए ।
यस्तै, अतिथिहरूमा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला उपाध्यक्ष छिरिङ लामा, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला सचिव लक्ष्मी पुरी गुरुङ, सदस्य पूर्ण लामा, आशिष रुम्बा, नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला अध्यक्ष नारायणी थापा मगर, तारकेश्वर नगर कमिटी अध्यक्ष टेक छिरिङ तामाङ, सचिव पारस अधिकारी, नागार्जुन नगर कमिटी अध्यक्ष राज श्रेष्ठ, नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला कमिटी नि. अध्यक्ष चूडामणि फुयाल, नेसनल डाइनामिक आट्र्सका अध्यक्ष देवराज गुरुङ, नृत्य निर्देशक रविता मगर, सरस्वती धिमाल, विकास भारतीलगायतको उपस्थिति थियो ।
जुनियरतर्फ प्रथम स्थान उपासना तामाङ, द्वितीय पूजा बस्नेत, तृतीय इभा राईले नगद पुरस्कार क्रमशः २०, १० र सात हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेका थिए । त्यसैगरी चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतियोगीले समान पाँच हजार नगद रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
सिनियरतर्फ प्रथम स्थानमा रिदिमा लामा, द्वितीयमा सियना श्रेष्ठ तृतीयमा सम्मानिमा बस्नेतले नगद पुरस्कार २०/१० र सात हजार ५०० हजार नगद रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र साथै चौथो स्थानमा याना श्रेष्ठ र पाँचौं स्थानले नगद पुरस्कार समान पाँच हजारसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नुभएको थियो । विधागत उपाधितर्फ उत्कृष्ट भेषभूषा आकृति श्रेष्ठले जित्न सफल भएका थिए ।
कार्यक्रमलाई हिमालय किचन मेडिकल कलेज, गुना फर्निचर र नृत्य निर्देशक संघ नेपाल युरोप शाखाका अध्यक्ष सुनिल गिरीले सहयोग गरेका थिए । कार्यक्रमलाई निष्पक्ष ढंगले सञ्चालन गर्नका निमित्त आयोजक कमिटीमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य बुद्ध लामा, अनिल भुजेल र सन्देश तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।