काठमाडौं – नेपाल राष्ट्र बैंकले मार्च १७ तारिख अर्थात चैत ४ गतेदेखि मार्च २३ (चैत १० गते) सम्म ग्लोबल मनि विक २०२५ मनाउने तयारी गरेको छ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनामा सन् २११२ देखि हरेक वर्ष यो मनाइदै आइकएको छ।
‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो सप्लाहव्यापी कार्यक्रम आयोजना गर्ने भएको हो।
यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी हुन राष्ट्र बैंकले अनुरोध गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij