२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

आज बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

940
Shares

काठमाडौं –  नेपाल राष्ट्र बैंकले  चैत ३ गते बैंकिङ्ग प्रणालीबाट केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको मार्फत बैंकिङ्ग प्रणालीबाट आज माथि उल्लेखित रकम खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij