२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अस्ट्रेलियाले धातु उद्योगलाई बढावा दिन लगानी बढाउने घोषणा

अस्ट्रेलियाले धातु उद्योगलाई बढावा दिन लगानी बढाउने घोषणा

800
Shares

अस्ट्रेलिया – अस्ट्रेलियाले धातु उद्योगलाई कम उत्सर्जन प्रविधिको विकास गर्न र निर्यात बढाउन ७५ करोड अष्ट्रेलियाली डलर (४७ करोड अमेरिकी डलर) खर्च गर्ने भएको छ ।

यो योजनाले विदेशी ढुवानीमा वार्षिक १५० अर्ब अष्ट्रेलियन डलरभन्दा बढी हिस्सा ओगटेको देशको एल्युमिना, आल्मुनियम, फलाम र स्टिल क्षेत्रलाई बलियो बनाउने लक्ष्य राखेको छ ।

यो रकम गत वर्षको बजेटमा घोषणा गरिएको ‘फ्युचर मेड इन अष्ट्रेलिया’ औद्योगिक नीतिको एक हिस्सा हो ।

“यसले उत्सर्जन कम गर्न, उत्पादकत्व सुधार गर्न र प्लान्ट र उपकरणहरूलाई ‘पुनरुत्थान’ गर्न नयाँ प्रविधिहरू विकास गर्न र मुख्य महत्वाकाङ्क्षी परियोजनाहरू वित्त पोषण गर्न मद्दत गर्नेछ,” अधिकारीहरूले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निकट सहयोगी अस्ट्रेलियालाई स्टिल र आल्मुनियमको करबाट छुट नदिने घोषणा गरेको केही दिनपछि यो घोषणा आएको हो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले सरकारले अस्ट्रेलियाली धातु उत्पादन उद्योगलाई बलियो बनाउने लक्ष्य राखेको बताउँदै अमेरिकी करलाई ‘आर्थिक आत्म–हानिको कार्य’ को रूपमा वर्णन गरेका छन् ।

पर्थमा आयोजित पत्रकार सम्मेलनमा अल्बानीजले भने, “हामी स्पष्ट छौँ, हामी यसलाई मित्रको कार्यको रूपमा लिँदैनौं।”

“ट्रम्पको पहिलो कार्यकालमासंयुक्त राज्य अमेरिकाले कर लगाउँदा अस्ट्रेलियासहित दर्जनौँ देशहरूलाई छुटहरू दिएको थियो तर यस पटक अमेरिकी प्रशासनले ‘वैचारिक कारणले’ कुनै पनि निर्णय गर्न अस्वीकार गरेको छ,” उनले भने ।

क्यानबेराले अमेरिकाले लामो समयदेखि अष्ट्रेलियासँगको व्यापारमा अतिरिक्त लाभ उठाएको र राम्रो आर्थिक सम्बन्धबाट फाइदा उठाएको तर्क जारी राख्ने उहाँले बताए।

अल्बानीजले भने, “हामी अष्ट्रेलियामा आयात हुने अमेरिकी सामानमा कर लगाउँदैनौँ र हामी पनि त्यस्तै अपेक्षा गर्छौं।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij