काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला चार हजार रुपैयाँले बढेर हाल सम्म कै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij