२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकको साधारणसभा स्थगित

सिन्धु विकास बैंकको साधारणसभा स्थगित

480
Shares

काठमाडौं – सिन्धु विकास बैंकको गणपूरक संख्या (कोरम) नपुगेपछि साधारणसभा स्थगित भएको छ । बैंकले फागुन २८ गते १४औं र १५औं वार्षिक साधारणसभा बोलाएको थियो ।

बुधबारको सभा स्थगित भएकाले बैंकले अब फेरि चैत ८ गते साधारणसभा बोलाएको छ । सभा काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

यसअघि राखेका सबै एजेन्डाहरु यथावत् रहेको छ । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव पेश गर्नेछ ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ : १ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij