२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड

1.4K
Shares

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि १९ गतेसम्म बिक्री खुला गरेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बाँडफाँड गरेको छ।

कम्पनीले उक्त अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन २७ गते बाँडफाँड गरेको जानकारी दिएको छ। लकइनमा रहेको संस्थापक समूहको शेयरको अन्तिम मूल्य प्रतिकित्ता २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको २२६ रुपैयाँ र लकइनमा नरहेको सर्वसाधारण समूहको शेयरको अन्तिम मूल्य ३२२.५० रुपैयाँलाई आधार मानेर शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम फागुन २८ गते देखिनै कनेक्ट आईपीएस मार्फत् फिर्ता गर्न शुरू गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij