२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

930
Shares

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिइसक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij