२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट ‘नाडा अटो शो २०२५’ को रजिष्ट्रेशन खुला

आजबाट ‘नाडा अटो शो २०२५’ को रजिष्ट्रेशन खुला

1.5K
Shares

काठमाडौं – नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा मिति २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको ूनाडा अटो शो २०२५ू आयोजना गरिने भएको छ ।
काठमाडौंको भृकुुुुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडा अटो शो समिति सहसंयोजक अनुपकुमार बरालले जानकारी दिए ।
यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।
नाडा अटो शो समितिका सहसंयोजक श्री अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij