२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

650
Shares

काठमाडौं – फागुन २७ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोली अर्थात फागुन २८ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा छैटौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १५ गते, शुक्रबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, नक्साल, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij