२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

1.2K
Shares

काठमाडौं –  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij