काठमाडौं – बेष्ट फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्तीलाई नियुक्त गरेको हो । फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षको लागि सिइओमा नियुक्त गरेको छ । व्यवस्थापनमा एमबीए गरेका घर्ती पछिल्लो समय पीएचडी समेत गर्दै छन् । ११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij