काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अकंले घटेर २७७२.१० बिन्दुमा कायम भएको छ । आज २ करोड २७ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतशित, इन्भेष्टमेन्ट समूहको २.४९ प्रतिशतले शेयर मूल्य बढेको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको हो । २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij