२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

1.8K
Shares

काठमाडौं – एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गाेविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेकाे बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षकाे लागि बैंककाे सिईओमा नियुक्त गरेकाे हाे ।

घिमिरे हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। बैंकका हालका सिईओ सुनिल केसीकाे २ कार्यकाल फागुन महिनामा सकिदैछ ।

घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।

बैंककाे सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) मा बढुवा गर्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij