२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कपिलवस्तुमा पाँच सय पाँच जनालाई झुल वितरण

कपिलवस्तुमा पाँच सय पाँच जनालाई झुल वितरण

1.5K
Shares

कपिलवस्तु-  कपिलवस्तुको शिवराज नगरपालिका–६ का स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।

वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पाँच सय पाँच जनालाई झुल वितरण गरिएको वडाध्यक्ष माहेताब आलम खाले जानकारी दिए । उहाँका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा गर्भवतीलाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।

अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। “डेङ्गी, मलेरिया तथा लामखुट्टेबाट सर्ने अन्य रोगबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरिएको उनको भनाइ छ । वडा सचिव रामप्रसाद चौधरीले झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij