२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

805
Shares

काठमाडौं-  कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन २२ गते) बाट ३५ दिन भित्र आवेदन दिन सक्ने छन ।

आवेदकले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij