२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेफेजसँग सञ्चारगत विषयमा सहकार्य गरी अघि बढ्छौं – वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

नेफेजसँग सञ्चारगत विषयमा सहकार्य गरी अघि बढ्छौं – वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

1.3K
Shares

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल वातावरण पत्रकार समूह (नेफेज)सँग सञ्चारगत विषयमा आवश्यक सहकार्य र समन्वय गरी अघि बढ्ने बताएका छन् ।

नेफेजको नवनिर्वाचित कार्यसमितिसँग मन्त्रालयमा सोमबार भएको भेटमा उनले वातावरण पत्रकारसँग आफू सुमधुर सम्बन्ध कायम गरी अघि बढ्ने बताउनुभयो । मन्त्री शाहीले नेफेजलाई मन्त्रालयले गरेको कामलाई जनतासमक्ष पु¥याउन तथा नीति निर्माणमा सिर्जनात्मक र विज्ञतासहित सुझाव प्रदान गर्न आग्रह गरे ।

सो अवसरमा मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सञ्चार क्षेत्रले वातावरण संरक्षणसँगै मुलुक समृद्धिका क्षेत्रमा सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाका गतिविधि र कार्यक्रमबारेमा जानकारी गराएका थिए । पूर्वअध्यक्ष कसमस विश्वकर्माले मन्त्रालयले नेफेजसँग गर्न सकिने सहकार्यका विषयमा प्रकाश पारेका थिए। भेटमा नेफेजका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij