काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा फागुन १६ गते निवेदन दिएको छ।
कम्पनी हाल कायम चुक्ता पुँजी १:१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो। प्रतिकित्ता १०० रूपैयाँको दरले ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो।
यसको बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रूपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि उक्त पुँजी ८० करोड रूपैयाँ पुग्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij