२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पल्लभी लुब्रिकेन्टसले आइपीओ निष्काशन गर्ने

पल्लभी लुब्रिकेन्टसले आइपीओ निष्काशन गर्ने

680
Shares

काठमाडौं – पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आइपीमो निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज भएको सो सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा निष्काशन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानीको उपस्थित रहेको थियो ।

मोरङ जिल्ला कटहरी गाउँपालिका वडा नं. ०४, मा कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमानियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।

पल्लभी लुब्रिकेन्टस् लिमिटेड कम्पनी विगत ४ बर्ष देखि मोरङ जिल्लाको कटहरी गा.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय रही सोही ठाउँमा आफ्नो उत्पादन प्लान्ट (उद्योग) स्थापना गरी करिब ४० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिई करिब ३० वटा गुणस्तरीय वस्तु उत्पादन गरीरहेको कम्पनी हो । यस कम्पनीबाट उत्पादित वस्तुहरु GOODRIDE SUPER SJ SAE 20W-40 API SJ, GOODRIDE 4T SAE 20W-40 API SL, GOODRIDE SCOOTY QUEEN SAE 10W-30 API SL, GOODRIDE 2T आदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij