२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा हरियाली: नेप्से २८०० माथि उक्लियो, ११ अर्ब ३९ करोडको कारोबार

सेयर बजारमा हरियाली: नेप्से २८०० माथि उक्लियो, ११ अर्ब ३९ करोडको कारोबार

1.1K
Shares

काठमाडौं – साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २,८१५ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनकिो घटेको छ । ६ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.३२ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशतसहित १३ वटै समूहको शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij