२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङको वार्षिक साधारणसभा आह्वान

साल्ट ट्रेडिङको वार्षिक साधारणसभा आह्वान

860
Shares

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५८ औँ वार्षिक साधारणसभा आब्हान छ।सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले नगद लाभांश बापत ३ करोड २० लाख ७१ हजार ६९५।५ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृतउपर छलफल गरी पारित गर्नेछ। सभाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि जम्मा गरेको राहात रकम अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij