२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेष्डो समृद्ध लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारणसभा

नेष्डो समृद्ध लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारणसभा

600
Shares

काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आब्हान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी २९ करोड १३ लाख ३७ हजार ५०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अन्य एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij