काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडको पोखरा शाखाले आफ्नो चौथो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाइएको शाखाले जनाएको छ।
उक्त अवसरमा शाखाले आफ्नो चार वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको थियो। शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी प्रमुख ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij