२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

1.5K
Shares
काठमाडौं  – नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेखरचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलले आज विमोचन गरेको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो । खुला सामरिक लेख÷रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे ।
कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij