२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेलिना र रामजीको स्वरमा आयो कस्तुपको ‘किन होर तरक्क’

मेलिना र रामजीको स्वरमा आयो कस्तुपको ‘किन होर तरक्क’

1.1K
Shares

काठमाडौं – चर्चित गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक गरिएको छ । मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय श्रष्टा कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन् ।
गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । थुप्रै कोरस प्रयोग गरेर तामझाप सहित निर्माण र्भको भिडियोमा मोडलद्धोय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका हुन् । लामिछानेले भिडियोमा सुधिर र सञ्चितालाई डान्सिङ जोडीको रुपमा प्रस्तुत गरेका छन् । भिडियोले गीत सिंगार्ने काम गरेको छ ।
मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्मादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij