काठमाडौं -आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ।
आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएका कारण आज सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द हुने भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij