२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको छ- गणेश कार्की

१५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको छ- गणेश कार्की

1.1K
Shares

काठमाडौं – स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिदिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् । सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ। यसकोलागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। नेपालमा उर्जा उत्पादकहरु १ मेगावाट शुरु गरेकोमा अहिले क्षमता बढाएर १००–२०० परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए। उनले ठुला आयोजनाकोलागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए। संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई दिने सेयर रोकिएको बताए। ‘सरकारले १० प्रतिशत सेयर स्थानिय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ,’ अध्यक्ष कार्कीले भने,‘स्थानियले सेयर किन नदिएको भनी उत्पादकको गाडी फुटाइएको छ। धितोपत्र बोर्डले आईपिओ स्वीकृत नदिएसम्म उत्पादकले दिन सक्दैनौं।’ लेखा समितिको निर्देशनले आईपिओ निष्कासन रोकिएको बताउँदै अहिले सच्चाउनु पर्ने बताए। ‘संघिय संसदकै लेखा समिति र अर्थसमितिबीच नै मत बाँझिएको छ,’ उनले भने,‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij