काठमाडौं – सानिमा क्यापिटलले आज फागुन ६ गते मंगलबारदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको छ । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
क्यापिटलले कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
उक्त अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा भने योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij