२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्ती मर्जरमा जाँदै

डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्ती मर्जरमा जाँदै

1.3K
Shares

काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जर प्रक्रिया अगाडि बढेको छ।कम्पनीहरूबीच मर्जरमा जान सैद्धान्तिक सहमति जुटेको छ।

हाल आइएमई पेमा र खल्तीमा तीन सयको दरमा कर्मचारी रहेका छन्। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहने बताइएको छ।

हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ भने आइएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । साथै मर्जरको प्रारम्भिक सम्झौता स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ ।

आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले विसं २०७६ बैशाख २ गते पाएको हो । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदीसहित अन्य ३ जनाको लगानी रहेको छ । कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ।

मर्जरको लागि सेयर अनुपातको टुंगो लाग्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij