२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट

बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट

835
Shares

काठमाडौं  – नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिकाे अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये ५ जना सर्टलिष्टमा परेका छन्।

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्टमा परेको सूचना सार्वजनिक गरेको हो।

समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ। प्रतुतिकरण र अन्तरवार्ता सो दिन अर्थमन्त्रालय, सिंहदरबार, काठमाडौँमा दिउँसो २ बजे शुरु हुनेछ।

त्यसपछि ती ५ जनामध्येबाट ३ जनाको नाम समितिले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। जसमध्ये १ जनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij