काठमाडौं – नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थाका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।
यसअघि संस्थाले आफ्ना संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको छ।
इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको १० दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij