काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको संयुक्त आयोजनामा माघ २७ गते, आइतबार, युवा विद्यार्थीहरुलाई शेयर बजारमा लगानी गर्ने निर्णय लिन सक्ने क्षमता तथा शेयर बजारमा लगानीका जोखिम साथै शेयर बजारको भित्री प्रविृत्ति तथा सम्भावित भावी जोखिमको मूल्याङ्कन ग्रहण सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले भद्रपुर, झापा स्थित मेची बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत जीवन कुमार उप्रेतीले उतm सत्रमा बीबीए र कलेज व्यवस्थापनका विद्यार्थीहरूलाई आफ्नो विशेषज्ञता साझा गरेका थिए ।
क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij