२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा गरिमा समृद्धि योजनाको इकाई सूचिकृत

नेप्सेमा गरिमा समृद्धि योजनाको इकाई सूचिकृत

1.2K
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजनाको इकाई सूचीकरण भएको छ । आज फागुन १ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत् १२,५०,००,००० इकाई धितोपत्र खुल्ला बिक्री गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००,००० इकाई धितोपत्र (सामूहिक लगानी कोष इकाई) वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २८ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो ।

अब आइतबारबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij