काठमाडौं – नागढुंगाबाट दुई भारतीय नागरिकलाई ३१८ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।
बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij