२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘अन्धपथ’को घोषणा

चलचित्र ‘अन्धपथ’को घोषणा

885
Shares

काठमाडौं – चलचित्र ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौंमा बुधबार एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अन्धपथ’को निर्माण घोषणा गरिएको हो । यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल हुनुहुन्छ भने कथा पनि उहाँ कै रहेको छ ।

रामकाजी घिमिरेको लेखन÷निर्देशन रहने चलचित्रमा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

अन्य कलाकार पनि छनोटको चरणमा रहेको निर्माता रामजीले जानकारी गराउनुभयो । युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा चलचित्र निर्माण हुने निर्देशक रामकाजीले बताउनुभयो ।

विसं २०८२ सालको असोज/कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णली रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माता लम्साले जानकारी गराउनुभयो । चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला हुनुहुन्छ भने छायांकन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र शृंगारमा सन्तु तामाङ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij