काठमाडौँ – शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ।
चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij