२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख, अन्य सूचक यस्ता छन्

शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख, अन्य सूचक यस्ता छन्

865
Shares

काठमाडौं -शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा २.४८ प्रतिशतले बढेर २५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको को रिटेन्ड अर्निङमा ४० करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४७ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा छ ।

यस्तै ,कम्पनीको खुद बिमा शुल्क आर्जन १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij