२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल रिपब्लिक मिडियाको नोक्सानी बढ्यो

नेपाल रिपब्लिक मिडियाको नोक्सानी बढ्यो

740
Shares

काठमाडौं – नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ लाख ५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

कम्पनीको कुल आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १.५७ प्रतिशत बढको छ भने कुल आम्दानी २६.७४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १७.६४ प्रतिशत र वित्तीय शुल्क २०.८३ प्रतिशत घटेको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५१ करोड ३३ लाख रुपैयाँ ऋणाात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९९ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij