२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकको साधारणसभा आब्हान, ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

एनआइसी एसिया बैंकको साधारणसभा आब्हान, ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

1.4K
Shares

काठमाडौं – एनआइसी एसिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, बैंकको साधारण सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । साथै, जारी तथा चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij