काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज मात्रै सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी १ हजार ९ सय ७५ रुपैयाँमा कायम भएको छ। आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij