२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हाथवे इन्भेष्टमेन्टको आम्दानी बढ्यो

हाथवे इन्भेष्टमेन्टको आम्दानी बढ्यो

1.2K
Shares

काठमाडौं  – हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४९ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.५४ प्रतिशत बढेको छ भने खुद खर्च ७.९३ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार २७१.२२ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij