२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

800
Shares

काठमाडौं –  सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४९ हजार ९ सय ८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी घनश्याम अधिकारीको नाममा रहेको २० हजार  र कृष्ण राज सिलवालको नाममा रहेको २९ हजार ९ सय ८१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन नआएको हुदा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुबाट उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सुचना प्रकाशित भएको ३५ दिनभित्र वित्तीय शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोेखरीमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij