२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ क्षेत्रविरूद्ध भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

बैंकिङ क्षेत्रविरूद्ध भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

1.2K
Shares

काठमाडौं – नेपाल मुद्रा विप्रेषक संघले ग्लोबल आइएमई बैंक प्रति पछिल्लो समय  भइरहेको प्रहार प्रति  आपत्ति जनाएको छ ।  संघले एक विज्ञप्ती जारी गर्दै  – नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका नेपालका बैंक तथा वित्तीय क्षेत्रहरुसँग नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको परिपालन गर्दै कार्य गर्दै आइरहेका संस्थाहरु हुन्।

यस क्षेत्रलाई खराबलाग्द केही असंगठित गतिविधिहरू भैरहेको र सामाजिक सञ्जालमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी सर्वसाधारणलाई झुक्याउने कार्यहरू र गलत आर्थिक गतिविधिहरू आइरहेको प्रति यस नेपाल मुद्रा विप्रेषक संघको ध्यानाकर्षण भएको छ।

साथै, आम सर्वसाधारणहरुलाई झुक्याउने, गलत सूचना र आर्थिक अपराधिक गतिविधि गर्ने तथा सर्वसाधारणहरुलाई बैंकिङ सेवा प्रयोग गर्न मौलिक अधिकारबाट बञ्चित गराउने उत्तरदायी दिनेलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरुलाई ध्यानाकर्षण गराएको संघद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकबाट स्वीकृत रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो। २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योग प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, प्रविधि नवप्रवर्तन, गरिबी निवारण, र समावेशी आर्थिक नीतिहरूको वकालत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij