२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिन्ध्यबासिनी हाइड्रोपावरको खुद नाफा घट्यो

बिन्ध्यबासिनी हाइड्रोपावरको खुद नाफा घट्यो

790
Shares

काठमाडौं – बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २४ करोड ७३ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३.१६ प्रतिशत घटेर ८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.५४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९०.०८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३.१६ प्रतिशत घटेको छ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २१ करोड १४ लाख रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३१ पैसा घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.०९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij