काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंकले ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो। शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
बैंकले तोकिएको उक्त म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकको भनाई छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij